सफाई अभियानको ३७ औं हप्ता भव्यताका साथ सम्पन्न

HANUMANTE
भक्तपुर
उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ३७ औं हप्तामा आज भक्तपुरको सल्लाघारी पुलको आसपास सफाई गरी भव्यताका साथ सम्पन्न भएको छ । स्थानीयबासी, नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी एंब अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको सफाई अभियानमा करिव ६ टन फोहोर संकलन गरिएको थियो ।  भक्तपुर जिल्ला समन्वय समिती उप–संयोजक सरिता कुँवर, अभियान सल्लाहकार बालमुकुन्द सुवाल, बिरदलगण सूर्यविनायकका गणपती शिव प्र. पौडेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, जीवन बिज्ञान भक्तपुर, नागरिक सामुदायिक शिक्षण अस्पताल गठ्ठाघर, कलकल ग्रुप, वेभ ग्रुप, नेप्सेम्याक, नेपाल फुलबारी, युरासिया रेयुकाई, नेपाल रेड्क्रस सोसाइटी बालकोट, पन्जली योग समिती, क्याप नेपाल, सोया नेपाल, सूर्यविनायक नगरपालिका नगर प्रहरी, सूर्य प्रतिष्ठान नेपाल भक्तपुर, समाजका लागि हामी, पातन्जल योग समिती नेपाल लगायत विभिन्न सामाजिक संघसस्थासहित करिव २७५ जनाको सहभागिता रहेको अभियान उत्प्रेरक रुद्र पौडेल जानकारी गराउँदै, कार्यक्रममा सहभागी सबैलाई धन्यबाद प्रकट गरेका थिए । अभियानका संयोजक बासुदेव थापाको अगुवाईमा प्रदेश न ३ को सासंद सरस्वती बाटीको प्रमुख आतिथ्य उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित