पातञ्जल योग समितिले देउसी भैलो कार्यक्रम बाट ३ लाख दान ग्रहण

Patanjal
संकलीत रकम संस्थागत उद्धेश्यका  लागि  प्रयोग गरिने: केन्द्रिय महासचिव काफ्ले
भक्तपुर ः
ध्यान,ज्ञान र निरोगिताको अमृतजलस्मातृभुमिको सुगन्ध हाम्रो पातन्जल भन्ने मुल नाराका साथ पातञ्जल योग समिति नेपाल केन्द्रिय कार्यालय भक्तपुरले जिल्लाको विभिन्न ठाँउमा देउसीभैलो कार्यक्रमको आयोजना गर्दै नगद ३ लाख दान ग्रहण गरेको छ । शुभदिपावली, छट–२०७५, नेपाल संवत ११३९ लगायतका चाडपर्वहरुको अवसर पारेर आयोजना गरिएको देउँसी भैलो कार्यक्रमका विच पूर्वउद्योग मन्त्री एवं प्रतिनिधि सभा सदस्य मा. महेश बस्नेतले राष्ट्रधर्म,स्वाभिमान र आत्मगौरव अनुकुलको आफ्नो मौलिक पहिचान कायम गर्दै आध्यात्मिक ज्ञान र योगलाई सम्वद्र्धन,प्रचार–प्रसार र प्रर्वद्धन गरी वर्तमान समाजमा फैलदै गएको शारिरीक,मानसिक,नैतिक र चारित्रिक विकृति,विसंगति र विचलनलाई सुधार ल्याउँदै यसका माध्यामद्धारा सुसँस्कृत,स्वस्थ,आध्यात्मिक र समृद्ध नेपाल राष्ट्र निर्माणमा योगदान गर्ने ध्येयका साथ गठित पातञ्जल योग समिति नेपालको यो अभियानमा व्यक्तिगत एवं संस्थागत रुपमा निरन्तर साथ सहयोग रहने प्रतिबद्धताका साथ अभियानको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Yog Mahesh_1
त्यसैगरि मा.पशुपति चौलागाईले राष्ट्रभित्र योग,ध्यान,आयुर्वेद,प्राकृतिक चिकित्सा आदिका क्षेत्रमा वैदिक र पौराणिक कालदेखि हालसम्म योगदान गर्ने राष्ट्रिय गौरव,ऋषिमुनीहरु,योगी,ध्यानी,ज्ञानी,सन्त,महन्त र विद्धानहरुको खोजी र अनुसन्धान गरी राष्ट्रिय पहिचान दिने तरिकाबाट आफ्नो अभियानलाई अघि बढाउन पातञ्जल योग समिति नेपाललाई आग्रह गर्नु भएको थियो । पुर्वमाननीय मनमोहन भट्टाराई,जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नबराज गेलाल,मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ,उधोग वाणिज्य संघ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापति,योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवाल लगायतले पातञ्जल योग समिति नेपालले शुभदिपावली,छट,नेपाल संवत ११३९ नयाँ वर्ष,ल्होसार लगायतका विभिन्न चाडपर्वहरुको अवसरमा सम्पुर्णमा शुभकामना व्यक्त गर्दै पातञ्जल योग समितिले थालनी गरेको यो अभियानको प्रशंसाका साथ पातञ्जल योग समितिको विशुद्ध योगजागरण अभियानमा सम्पुर्ण पक्षलाई सहभागीताको लागि आह्वान गरेका छन् ।

Patanjal 2
पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले पातञ्जल योग समितिको अभियानको बारेमा अत्यन्तै छोटो समयमा देशभर स्वस्फुर्त प्रचार–प्रसार हुनुले पातञ्जल योग समितिको यो विशुद्ध योग यात्रामा सम्पुर्ण राष्ट्रभक्त योगप्रेमीहरुको साथ र समर्थन रहेको दाबी गर्नु भएको छ । पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लले देशको प्रत्येक पालिकाका वडाहरुमा निशुःल्क योग साधनाका कार्यक्रमलाई विस्तार गरि जन–जनमा योग पुर्‍याउने लक्ष्य अनुरुप योगका गतिविधि र आवाश्यक पूर्वाधार तयार गर्ने कार्यमा केहि सहयोग पुगोस भन्ने उद्धेश्यका खातिर खेलिएको देउँसी भैलो कार्यक्रम सम्पन्न गर्न सहयोग पुरयाउनु हुने व्यक्तित्वप्रति धन्यवादका साथ हार्दिक आभार प्रकट गर्दै पातञ्जल योग समितिको अभियानलाई माया गरि आदरणीय भक्तपुरबासी दाजुभाई दिदी बहिनीहरु लगायत बाट प्राप्त सहयोग,दान लाई संस्थागत उद्धेश्यका खातिर अक्षरस प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित