सीटीईभीटीको विवादास्पद निर्णयले समस्या बढ्दै

काठमाडौं : चर्को विरोधको बाबजुद पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले घुमाउरो ढंगले २३ संस्थालाई विभिन्न कार्यक्रमको सम्बन्धन दिने विवादास्पद निर्णय गरेको छ । निर्वाचन आयोगको सहमतिमा निर्णय गर्नुपर्नेमा परिषद्ले सम्बन्धनको निर्णय गरेर गाइजात्रा देखाएको हो । निर्णय पछि भने परिषद्ले आयोगको सहमति लिने भन्दै आफ्नो बचाउन गरेको छ । आइतबार बसेको परिषद् बैठकले अर्को वर्षदेखि लागू हुने गरी सम्बन्धनको निर्णय गरेको हो । परिषद्ले गरेको निर्णयमा ‘स्वीकृतिको प्रक्रियामा रहेका संस्थाहरूलाई यो शैक्षिक सत्रका लागि सम्बन्धन नदिने र आगामी शैक्षिक सत्र २०७५/७६ को सम्बन्धन दिने सम्बन्धमा निर्वाचन आयोगमा सहमतिका लागि लेखी पठाउने ।’ भन्ने उल्लेख गरेर विवादास्पद निर्णय गरेको परिषद्दका पदाधिकारीहरुकै आरोप छ । तर, सीटीईभीटीले शिक्षामन्त्री गोपालमान श्रेष्ठको चलखेल र दबाबमा सम्बन्धन दिन लागेको समाचारहरु बाहिर आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित