उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ (फोटो फिचर)

फोटो : अमित उपाध्याय, बिरगंज

Chat1

मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ। सप्तमीका दिन बिहान सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ। मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए। साँझको सूर्यलाई दिइने अर्घ्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ। सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार व्रत थालेका व्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ। आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट व्रत सङ्कल्प गरी व्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् ।

Chat2

Chat3

chat4

Chat7

Chat6

प्रतिक्रिया

सम्बन्धित