भक्तपुरको बालकोटमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

Concert Balkot1

भक्तपुर ।  दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर अनन्तलिङ्गेश्वर खेलकुद क्लबले भक्तपुरको बालकोटमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । “कलाकार राष्ट्रका गहणा हुन् कलाकारलाई सम्मान गरौं” भन्ने नाराका साथ अनन्तलिङ्गेश्वर खेलकुद क्लबले आयोजना गरेको उक्त कार्यंक्रममा दृष्टि बिहिन गायक तथा कलाकार ईश्वर अमात्यलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अनिल सिहं, धिरज राई, लगायतका कलाकारहरुले आप्mना सदाबाहार सांगीतिक प्रस्तुती प्रस्तुत गरेर उपस्थीत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

Concert Balkot

भक्तपुरमा फुटसल प्रतियोगिता, रक्तदान कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्दै आएको क्लवले युवा वर्गलाई खेलकुदमा आकर्षण गराउँन टोल टोलमा तेक्वाण्डो प्रशिक्षण संचालन गर्दै आएको छ । गतवर्ष गायक बुद्धिकृष्ण लामिछानेलाई नगद रु ४० हजार सहित सम्मान गरेको क्लवले यसवर्ष गायक अमात्यलाई  सम्मान गरेका  हो ।

 

प्रतिक्रिया

सम्बन्धित