मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास

Dor Mani Poudel
काठमाडौं

मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था आईएनजीओ ले गरिदिएको छ । त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लागिरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् । भैंसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो खबर आजको अन्नपूर्णपोष्ट्मा प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित