मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक

Cabinet-Meeting-1

काठमाडौं  । कात्तिक २५ गते आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर २२ वटा निर्णय सार्वजनिक गरेका हुन् । निर्णयहरूमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको द्रुततर निर्माण तथा नियमावलीसम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमतिदेखि नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा रमण नेपाललाई नियुक्त गर्नेसम्मका निर्णयहरू रहेका छन् । त्यसैगरी राजदुत नियुक्तिको सिफारिसमा भारतका लागि निलाम्बर आचार्य , मलेशियाका लागि उदयराज पाण्डे र अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालसँगै इजरायलका लागि अन्जान शाक्यको नाम पनि सार्बजनिक भएको छ ।नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । हाल इजरायलका लागि राजदुत निरञ्जन थापा दक्षिण अफ्रिकाका लागि राजदुत अमृत राईलाई तीनसाताको समय दिएर फिर्ता बोलाइएको छ ।  यसैगरी केहि दिन अघि सर्लाहीमा भएको झडपमा परि मारिएका रामविलास महतोको परिवारलाई दशलाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि सार्बजनिक गरिएको छ ।

cabinet_meetiung_1

cabinet-meetiung-2

cabinet_meetiung_3 

प्रतिक्रिया

सम्बन्धित