५० करोडको खरिदमा अाईजीपी अर्यालको कमिशन मोह, कमाउ धन्दामा लाग्दा फस्ने खतरा

काठमाडौं । नवराज सिलवाल र जयवहादुर चन्दको लडाई हुँदा अाईजीपी पद हत्याउन सफल भएका प्रकाश अर्याल पछिल्लो समयमा कमाउ धन्दामा लागेका छन्  । गृहमन्त्री जनार्दन शर्मा निकट ठेकेदार दिपक भट्टलाई छ अर्बको हतियार खरिद गर्न नदिएर बाधक बनेका अाईजीपी अर्याल लत्ताकपडा, टोपीसहित ५० करोड बराबरको खरिदमा भने आफू अनुकूलका ठेकेदारलाई पोसेर करोडौ कमाउने लोभमा लागेका छन् ।

 प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाले आफैंले सोसाइट जर्नेल सर्विलियन्स (एसजिएस) मा परीक्षण गराएको रिपोर्ट समेत फेरबदल गर्दै ठेक्का गरिएका वस्तुको मापदण्ड तोकेपछि अर्याल विबादमा मुछिएका हुन । अाईजीपी अर्यालले पुर्व अाईजीपी उपेन्द्रकान्त अर्याल र पुर्व एअाईजी नवराज ढकाल निकट ठेकेदार चर्चित व्यापारी दीपक मलहोत्राको आइएमएस नामक कम्पनीलाई गैरकानुनी रुपमा ठेक्का दिन लागेको स्रोतले वतायो । आइएमएस नामक कम्पनीले नेपाल प्रहरीमा ३० हजार जोर डिएमएस बुटको ठेक्का पाएको थियो ।

   यसअघि पनि उपेन्द्रकान्त अर्यालको पालामा मलहोत्राको  आइएमएस कम्पनीले नेपाल प्रहरीमा ३० हजार जोर डिएमएस बुटको ठेक्का पाएको थियो । अहिले अाईजीपीको निर्देशनमा मलहोत्रालाई ५० करोडको ठेक्का दिलाउने उद्देश्यले अन्तिम समयमा मापदण्ड फेरिएको स्रोतले वतायो । मुख्य प्रतिस्पर्धीलाई पाखा लगाएर मिलमतोमा ठेक्का पार्ने र माग भएका वस्तुको मोल आफूअनुकूल तोकेर ठुलो रकमको चलखेलमा अर्याल लागेको स्रोतको दाबी छ ।

   बोलपत्रको योग्यताका लागि राखेका मापदण्ड, समयावधि र आधिकारिक प्रतिवेदनमै फेरबदल गरी सुटुक्क दसैं र तिहारको मुखमा ठेक्का प्रक्रिया अगाडि बढाएपछि अर्यालको कमिसन मोह बाहिर आएको हो ।

 प्रहरीले यस आर्थिक वर्षका लागि असोज ८ गते बोलपत्र आह्वान गर्दै टेरिकटन कमिजको कपडा २ लाख ३० हजार मिटर, टेरिकटन पाइन्टको कपडा १ लाख ४६ हजार ८ सय मिटर, सादा चुस्ता १ लाख ८० हजार मिटर, डिएमएस बुट ३५ हजार जोर, ऊनी जर्सी ४३ हजार २ सय ८० थान, ऊनी कमिज ९२ हजार ५ सय ७० मिटर र ब्यारेट क्याप ५८ हजार ६ सय २५ थान माग गरेको हो। यस्तै ऊनी कम्बल ३२ हजार २५५ थान, पार्का ज्याकेट २७ हजार ५ सय ९८ थान, वर्षादी १८ हजार ६० थान, पिटी जुत्ता ४६ हजार जोर, रुकस्याक ११ हजार थान र अन्डर ट्राउजर–भेस्ट सेट ५३ हजार १ सय १० सेट माग गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित