प्रहरीकै अगाडि सांघातिक हमला, तनहुँमा भएको घटनामा कास्की प्रहरीको ज्यादती

policejyadati

कास्की  । भिमाद वजारका व्यापारी एवम् नेविसंघ जिल्ला सदस्य गणेश सुवेदी आफ्नै वजारमा निर्घात कुटिएका छन् । सुवेदीले आफूलाई नेकपाको कार्यकर्ता बताउने सुरज नेपालीले कुटपिट गरेको बताएका छन् । स्थानिय सुरज नेपालीको नेतृत्वमा आएको टोलीले षडयन्त्रमुलक ढंगले आफूमाथि आक्रमण गरेको सुवेदीले बताए ।

 उनको अहिले कास्की सेवा अस्पतालमा उपचार भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको जिल्ला सदस्य समेत रहेका सुवेदी र नेकपा समर्पित कार्यकर्ता नेपालीबीच सिर्जित विवादले चर्को रुप लिँदा उनी कुटिएका हुन् । सुवेदीको टाउको र ढडमा चोट लागेको छ । घाइतेसुवेदी फिस्टेल अस्पताल पोखरामा उपचार गरी टाउकोको थप उपचारको लागि काठमाडौं जान खोज्दा प्रहरीले समेत उनलाई प्रहरीले काठमाडौं जान नदिएको सुवेदीका आफन्तले आरोप लगाएका छन् । काठमाडौं जान प्रहरीले रोकेपछि उनी कास्की सेवा अस्पतालमा उपचाररत छन् । उनको टाउकोमा ११ वटा टांका लगाइएको छ भने तिघ्रामा ढाडमा निल डाम छन् ।
यस्तो छ घटना विवरण
तनहुँको भिमाद नगरपालिका–१ क्याम्पस रोडमा गणेश सुवेदीको गुनी एण्ड सन्समा काम गर्ने मिस्त्री छोटु यादवलाई कुटपिट भयो । यादवलाई कुटेर गणेश सुवेदीलाई बोलाइयो । सुवेदी आफ्नै निवासवाट गाडी लिएर क्याम्पस रोड गए । घटनास्थल (जहाँ छोटु यादवलाई कुटिएको थियो) पुगेर गाडीबाट झर्ने वित्तिकै सुरज नेपाली, ऋषि नेपालीसमेतले गणेशमाथि आक्रमण गरेको उनका आफन्तले बताए ।

 सुवेदीको टाउकोमा घारिलो हतियार प्रहार गरेका थिए भने जिउ भरी घाउ चोट निल काम हुने गरी निर्घात कुटिदा पनि प्रहरीहरु मुक दर्शक झै उभिएका थिए । घाइते सुवेदीले वचाउ भन्दै गुहार माग्दा प्रहरी रमिते बनेर बसेको उनको परिवारको आरोप छ । घाइते सुवेदीलाई राम्रो अस्पतालमा लैजानु पर्नेमा मालेवगर मेडिकलमा लगियो । पछि वेल चौतारा इप्रकाबाट थप प्रहरी गएपछि सुरज नेपाली सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र ऋषि नेपाली र गणेश सुवेदीलाई उपचारको लागि पोखरा पठाइयो । 

 घटना नियोजित ढंगले सेटिङ मिलाएर गराइएको भन्दै सुवेदीका परिवारले आपत्ति जनाइरहेका छन् । नेपाली भिमाद नगरपालिका मेयर मेखबहादुर थापाका विश्वासपात्र हुन । पार्टीले आर्शिवाद दिएपछि नेपाली यसअघि पनि गुण्डागर्दी कार्यमा संलग्न रहेर बदनाम कमाएका व्यक्ति हुन् ।

 उनले यसअघि पनि गुण्डागर्दी गर्दै कुटपिट गर्दा मोटो रकम जरिवाना क्षतिपूर्ति तिरेर मुद्दा खेपेका थिए । भिमादमा चुंगी कर उठाउने ठेक्का पाएका नेपालीले भिमाद प्रहरी चौकी इञ्चार्ज सई पूर्णबहादुर नेपालीसँग साँठगाँठ गरी प्रहरीकै बलमा सुवेदीमाथि आक्रमण गरेको बताइएको छ । प्रहरीकै अगाडि सांघातिक हमला हुँदा पनि सई नेपालीको टोली मुक दर्शक बन्नुले प्रहरी र गुण्डाको सेटिङ मिलेको सहजै वुझ्न सकिन्छ । प्रहरीकै कमजोरीका कारण घटना भएको ठम्याउँदै तनहुँ प्रहरीले सोमबार नै सइ कमल माझाकोटीलाई भिमाद खटाएको छ ।

 घटना तनहुँ जिल्लामा भएपनि उपचार भने कास्की जिल्लामा भइरहेछ । इलाका प्रहरी कार्यालय वेलचौताराका इञ्चार्ज प्रहरी निरीक्षक श्रवण विकका अनुसार गणेश सुवेदी कास्की सेवा अस्पतालमा छन् भने ऋषि नेपालीलाई इप्रका मणिपालमा बुझाउन भनिएको छ । त्यहि कारण गणेश सुवेदी उपचारको लागि काठमाडौं जान पाएनन् ।

 उनलाई टाउको एमआरआईलगायतको जाँच गराउने आवश्यकता महसुस गरेका छन् । तर, कास्की प्रहरीले उनलाई रोकेको छ । यस विषयमा कास्की प्रहरी प्रवक्ता रविन्द्र गुरुङ घाइते सुवेदीको विरुद्धमा तनहुँमा उजुरी परेका कारण तनहुँ प्रहरीले खोजी गरेको बताउँछन् । तर, घटना घटेकै जिल्ला तनहुँका एसपी शिद्धिविक्रम शाह घाइते गणेश सुवेदीको नाममा कुनै उजुरी, जाहेरी नपरेको बताउँछन् ।

 एसपी शाह भन्छन्–‘सुवेदी उपचारको लागि जाहाँ पनि जान सक्छन् प्रहरी रोक्दैन । ’झुट्टा मुद्दा फिर्ता हुनुपर्ने माग राखी भएको भिमादको ¥याली र घेराउकोबारे हाम्रो जिज्ञाशामा एसपी शाहले भने–‘मुद्दै परेको छैन के को फिर्ता लिनु ।’ 

 सुवेदीको अहिले प्रहरीको निगरानीमा उपचार हुँदै आएको छ । तर, कास्की प्रहरीले उनलाई गंभिर प्रकृतिको अपराधी जस्तै कडा नियन्त्रणमा राखेर यातना दिएको घाइतेले बताएका छन् । आफैले कुटाई खाएको छु, आफ्नै टाउकोको घाइते भएर सुतेको मान्छेलाई ड्यूटीमा रहेका प्रहरीले कडा पहरा दिएको पीडित गणेश सुवेदीले गुनासो गरे ।

 तनहुँ प्रहरी प्रमुख एसपी शाह र इप्रका वेल चौताराका इञ्चार्ज श्रावण विकले दिएको अभिव्यक्ति परस्पर विरोधी छन् । वेलचौतारा प्रहरी प्रमुख प्रनि श्रावण विश्वकर्मा घटनालाई थप विवादित बनाउन तिर लागेका छन् । विक विभिन्न शक्तिकेन्द्रको दवाव र प्रभावमा पीडितलाई थप पिडा दिन लागि परेका छन् भने पपिडक पक्षलाई संरक्षण गर्न उद्दत छन् । उपचार गर्नु पर्ने संवेदनशिल विरामीलाई प्रहरीको वर्दी देखाएर यातना दिन तल्लिन छन् । हस्पिटलमा उपचार गरिरहेका उजुरी नै दर्ता नगरेको व्यक्तिलाई हत्कडी लगाएर वेडमा सुताउन आदेश दिइरहेको बुझिन आएको छ ।

प्रतिक्रिया

सम्बन्धित