भक्तपुर जिल्लाको लाईफ लाईन हनुमन्ते, सफाई गरेर समग्र भक्तपुरलाई परिबर्तनतर्फ लैजान्छौ : सांसद बस्नेत

38 Hanumante
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता तथा सांसद महेश बस्नेतले भक्तपुर जिल्लाको लाईफ लाईन हनुमन्ते सफाई गरेर समग्र भक्तपुरलाई परिबर्तनतर्फ लैजाने बताएका छन् । उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ३८ औं हप्ताको कायेक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले स्थानीय जन समुदायसँगको सहकार्यमा हनुमन्ते नदिको सफाईलाई अझ ब्यबस्थित ढंगले अघि बढाउनु पर्ने बताउदै भक्तपुर नगरपालिका लगाएत अन्य नगरपालिकाबाट सृजना भएका ढलजन्य फोहर ब्यबस्थापनका लागि यो अभियान जागरण र निर्माणको अभियान रहेकाले हनुमन्ते खोलाको दायाँ बायाँ ढल राख्ने कामले तिब्रता पाएको बताए । त्यसैगरी हनुमन्ते मनोहरा दोभान देखि लोकन्थली राम मन्दिर सम्म हनुमन्ते कोरिडोर निर्माण सम्पन्न भईसकेको र कोरिडोर र्निमाणका बाँकी काम पनि यसै हप्ताबाट शुरुहुन लागेको जानकारी गराएका थिए । हनुमन्ते नदिको सफाई जागरण र निर्माणसँगै-सँगै जोडेर सम्पुर्ण भक्तपुरको सफाई अभियानलाई हामी सफल पार्छौ - उनले बताए ।

38 Hanumante 1

कार्यक्रममा बस्नेतले  सफाई अभियान समग्र भक्तपुरको परिबर्तन र रुपान्तरणसँग जोडिएको हुनाले हनुमन्ते नदिको सफाई अभियानलाई जोडेर कोटेश्वर देखि जगाते सम्मको राजमार्ग जामलाई अन्त्य गर्ने काम पनि शुरु भएको र भक्तपुर जिल्लाको लाईफ लाईनको रुपमा बग्ने हनुमन्तेलाई सफाई गरेर समग्र भक्तपुरलाई समृद्धी र परिबर्तनतर्फ लैजाने बताए । उनले ३८औ हप्तासम्म सफाई अभियान सफलता पुर्वक सम्पन्न गर्नमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आम सर्बसाधारण, अभियन्ता, बिभिन्न संघ सस्थका प्रतिनिधिहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै यस अभियानलाई अझ प्रभाबकारी ढंगले अघि बढाउनका लागि आगामि मंसिर ४ गते भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारिको उपस्थितिमा सबै स्थानीय तहका जन प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, आम सर्बसाधारण , अभियन्ता , बिभिन्न संघ सस्थका प्रतिनिधिहरुको सहभागितामा अरनिको राजमार्ग सफाई र भक्तपुरको सबारि चाप ब्यबस्थापनको लागि बिशेष योजना निर्माण कार्यक्रम तय भएको जानकारी गराएका थिए ।

३ नम्बर प्रदेश माननीय सदस्य श्रीमती रजनी जोन्छेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभियानका संयोजक श्री बासुदेव थापा,अभियानका उत्प्रेरक श्री रुद्र पौडेल, सह- संयोजकद्वय श्री अन्जना देवि मधिकर्मी , श्री जुना बस्नेत , नेकपा भक्तपुरका जिल्ला अध्यक्ष श्री वचन देउजा, भक्तपुर जिल्ला समन्वय समिती सह - संयोजक श्री सरिता कुवर , बिरदल गणका गणपती श्री शिव प्र पौडेल , अभियान सल्लाहकार एवम भक्तपुर जिल्ला योग समिती अध्यक्ष श्री बालमुकुन्द सुवाल, स्थानीय जनप्रतिनिधिहरु एवम अभियान्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा करिब ६५० जनाको सहभागितामा रहेको र ६ टन सकलित फोहर ब्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित