सफाई अभियानको ३८ औं हप्ता भव्यताका साथ सम्पन्न

38 Hanumante news
भक्तपुर
उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न सबै लागौं’ भन्ने मुला नाराका साथ शुरु भएको हनुमन्ते नदिको सफाई अभियानको ३८ औं हप्तामा आज भक्तपुरको सल्लाघारी पुलको आसपास सफाई गरी भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश न ३ को सासंद श्रीमती रजनी जोन्छेको प्रमुख आतिथ्यमा सम्पन्न सफाई अभियानमा करिव ६ टन फोहर ब्यवस्थापन गरिएको अभियानका उत्प्रेरक रुद्र पौडेलले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि माननिय रजनी जोन्छेले अभियान एकदमै सकारात्मक ढंगले अघि  बढिरहेको र सबैलाई सहभागि हुनको लागि अनुरोध गर्दै आफु सहभागि हुन पाउँदा साह्रै खुशी लागेको बताइन् । त्यस्तै अभियानका संयोजक श्री बासुदेव थापाले अभियान सफल भएमा भक्तपुरले जिवन पाउने बताएका थिए । ।

अभियानका प्रमुख सल्लाहकार पुर्व उद्योगमन्त्री माननीय महेश बस्नेतको बिशेष उपस्थितिमा  सम्पन्न आजको सफाई अभियानमा बस्नेतले  भक्तपुर जिल्लाको लाईफ लाईन हनुमन्ते सफाई गरेर समग्र भक्तपुरलाई परिबर्तनतर्फ लैजाने बताए ।  कार्यक्रमकामा संयोजकद्वय श्री अन्जना देवि मधिकर्मी, श्री जुना बस्नेत, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष श्री वचन देउजा , भक्तपुर जिल्ला समन्वय समिती सह - संयोजक श्री सरिता कुवर, बिरदल गणका गणपती श्री शिव प्र पौडेल अभियान सल्लाहकार एवम भक्तपुर जिल्ला योग समिती अध्यक्ष श्री बालमुकुन्द सुवाल , स्थानीय जनप्रतिनिधिहरु एवम अभियान्ताहरुको उपस्थितिमा विभिन्न सामाजिक सघससस्थाहरु जीवन बिज्ञान भक्तपुर , नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरीबल , नागरिक सामुदायिक शिक्षण अस्पताल , वेभ ग्रुप , पातन्जल योग समिती भक्तपुर , माउण्ट भ्यु स्कुल , नेपाल रेडक्रस सोसाइटी , क्याप नेपाल , नेप्सेम्याक , नेपाल फुलबारी , समाजका लागि हामी , पतन्जली योग समिती , कलकल ग्रुप लगाएतका संस्थाहरुको सक्रिय सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित