तनहुँ सेवा समाजद्धारा मिर्गौला पीडितलाई सहयोग

mirgaula

  काठमाडौं । तनहुँ सेवा समाज युएईले दुवै मिर्गौला खराब भइ उपचाररत भानु नगरपालिका–७ तनहुँका प्रकाश परियारलाई आर्थिक सहयोग गरेको छ । युएईमा कार्यरत तनहुँवासीको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा परियारको उपचारमा एक लाख पाँच रुपैयाँ सहयोग गरिएको हो ।

संकलित रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको समाजका सचिव सुरिन भुजेलले जानकारी दिए। चिकित्सकले परियारको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपनि आर्थिक अभावका कारण उनको उपचारमा समस्या हुँदै आएको छ ।

तनहुँ सेवा समाज युएईको पहलमा त्यहाँ रहेका विभिन्न संघसंस्था तथा व्यक्ति माँझ सहयोग अभियान चलाएको थियो । सोहि अभियानबाट उठेको रकम पीडित परिवारलाई हस्तन्तरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित