खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

Blood Donation 1

भक्तपुर  ।

नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखा एवम अन्य १२ वटा संघसस्थाहरुको संयुक्त आयोजनामा चाँगुनारायण २ मा वृहत्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ८३ पाउण्ड रगत संकलन गरिएको पातन्जल योग समिति नेपालका केन्द्रिय महासचिव नवराज काफ्लेले बताए ।नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाका सभापति सोमप्रधान को संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा पातन्जल योग समिति जिल्ला शाखा भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं २ , हाम्रो गौरव हाम्रो रामेछाप, फैटोका गणेश ब्याडमिन्टन क्लब,सर्वसिद्दी फैटोका गणेश मन्दिर संरक्षण समिति, श्री गणेश युवा क्लब, त्रिपूरा सुन्दरी वचत तथा ऋण सहकारी सस्था लि,महिला सचेतना बहुउद्देश्यीय सहकारी सस्था लि ,अष्ट ज वचत तथा ऋण सहकारी सस्था लि,महानगरीय प्रहरी प्रभाग दुवाकोट, असल छिमेकी आवास समाज को सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका पुर्व सभापति वालमुकुन्द सुवालले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

Blood Donation
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका उपमन्त्री एवम चाँगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष शिवहरी के सीले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरद्वारा सन्चालित रक्त सन्चार सेवा भक्तपुरमा रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न विभिन्न संघ संस्थाहरुको सामुहिकतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए ।  त्यस्तै कार्यक्रममा पातन्जल योग समिति नेपालका केन्द्रिय महासचिव नवराज काफ्लेले पातञ्जल योग समिति नेपालले आप्mनो कार्यदिशालाई योग ध्यानमा मात्र केन्द्रित नगरी सामाजिक गतिविधिका विभिन्न अभियानमा सवै संघ सस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएको र यस किसिमका हरेक गतिविधिमा पातन्जल सधैव सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गरेका थिए ।
रक्तदान कार्यक्रमका संयोजक एवम नेपाल रेड्क्रस सोसाईटी दुवाकोट उपशाखाका सभापति सोम प्रधानले रक्तदान कार्यमा काठमाडौ, लालितपुर जिल्ला देखि सक्रियताका साथ सहभागी भै रक्तदान गर्नु हुने विभिन्न स्थानीय एवम जिल्ला स्तरका संघसस्था एवम व्यक्ति हरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ,सहयोग एवम सहकार्यको लागि अपिल गरेका गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित