नेपाल प्रहरीद्धारा निःशुल्क sms सेवा सुभारम्भ

Nepal police
काठमाण्डौ । 
नेपाल प्रहरीले निस्शुल्क  sms  सेवाको सुभारम्भ गरेको छ । महानगरीय प्रहरीको स्थापना दिवसको अवसरमा पारेर नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित समारोह विच १०० नम्बरमा निस्शुल्क sms  सेवाको सुभारम्भ गरिएको हो । यसपूर्व आकस्मिक सेवाको लागि १०० नम्बरमा निस्शुल्क कल गर्ने सुविधा रहेको थियो । प्रहरीलाई दिने सूचना अब घटना स्थलबाट समेत sms गर्न मिल्ने भएको छ । निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शुभकामना दिनुहुँदै कार्कीले करिब २०० वर्ष अघि बेलायतबाट सुरू भएको महानगरीय प्रहरीको व्यबस्थालाई नेपाल प्रहरीले काठमाण्डौ उपत्यकालाई छिटो छरितो रूपमा जनमुखि सेवा प्रदान गर्न २०६३ मंसिर १ गते महानगरीय प्रहरीको गठन भएको बताए । स्मार्ट सिटिको परीकाल्पना वा जतिसुकै पुर्वधार निर्माण गरेपनि त्यसको प्रमुख आधार भनेको सुरक्षा नै रहेको बताउँदै सुरक्षा विना विकासको परिकल्पना गर्न नसकिने बताएका थिए । 
उनले समुदाय प्रहरी साझेदारीलाई अगाडी बढाउँदै जनमुखि सेवा प्रदान गरी काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउँन प्रहरीले विभिन्न ठाउँहरूमा CCTV राखेको, १००मा फोन कलका साथैsms सेवाको सुरुवात, हाम्रो पुलिस एप्स , ट्राफिक पुलिस एप्स, सामाजिक संजालबाट प्रहरी सेवाको जानकारी दिने गरीएको बताएका छन् ।
सोहि अबसरमा प्रहरी कार्यमा सहयोग पुर्यााउनुहुने सर्वसाधरण तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई विभिन्न विधामा कदर र प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रहरी कार्यमा सहयोग गर्नुहुने ललितपुर महानगरपालिका १० का नरसिंह व्यजनकार, ललितपुर महानगरपालिका ८ का आशिस केसि, भक्तपुर सुर्यविनायक २ का विज्ञान राई , तारकेश्वर नगरपालिका ११ का ईन्द्रमान गुरूङलाई कदरपत्र प्रदान गरिएको थियो । यसै गरी महानगरीय परिसर काठमाण्डौमा कार्यरत प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद धमला, महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरी नायव उपरीक्षक काजी कुमार आचार्य, महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी निरीक्षक प्रतित सिंह राठौर , महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी निरिक्षक कृष्ण श्रेष्ठ, महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा कार्यरत प्रहरी नायव निरीक्षक रत्नप बहादुर थापा, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवान कमल कुँवर र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी जवान गोमा थापालाई प्रसंसा पत्र प्रदान गर्नुका साथै महानगरीय प्रहरी बिद्यालयमा सामाखुसीमा अन्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
प्रहरी अतिरीक्त महानिरीक्षकहरू, पूर्व प्रहरी आयुक्तहरू, प्रहरी नायव महानिरीक्षक, स्थानिय तहका प्रतिनिधिहरू, विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रतिनिधिहरू, प्रहरी सह(आयुक्तहरू,सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरू उपस्थितिमा सम्पन्न कार्यक्रममा शुभकामाना मन्तव्य दिनुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाईलट प्रोजेक्टको रूपमा पाटनमा अत्याधुनिक ट्राफिक लाईटको व्यवस्था गर्न लागिएको जानकारी दिनुहुदै स्थानीय निकायले प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक गोविन्द प्रसाद थापाले शुभकामना दिदै प्रहरी र समुदायको सहकार्यमा मात्र शान्ती सुरक्षा कार्य गर्न सकिने बताए ।
सहभागीहरूलाई धन्यबाद मन्तव्य दिनुहुदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले वार्षिक उत्सबको अबसर पारेर प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत २७ स्थानमा सरसफाई, २ स्थान मा निस्शुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम अन्तर्गत १०९ जनाले रक्तदान गरेको जानकारी दिनुभयो । आगामी दिनहरूमा व्यवसायिक सहकार्यका लागि सदैव समुदाय र अग्रजहरूको अनुभवलाई ग्रहण गर्ने बताउनु हुदै उपस्थित सबैमा कार्यालय प्रमुख थापाले धन्यबाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित