राष्ट्रिय बिभूति शंखधरको सम्झनामा शुभकामना आदान प्रदान

Thimi Municipality
भक्तपुर ।
नेपालका राष्ट्रिय बिभूति एंबम नेपाल संबतका प्रवद्र्धक शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको कछलाथ्व दशमीको दिनको अबसर पारेर थिमि नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपालका राष्ट्रिय बिभूति एबम नेपाल संबतका प्रवर्तक शंखधर साख्वा नेपाल सम्बतको सुरुवातकर्ता हुन् । उनै शंखधर साख्वाको सम्झनामा मध्यपुर थिमि नगरपालिकाले शंखधर दिवस शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौं महानगरका प्रमुख विद्याशुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला लगाएत काभ्रे सहितका बिभिन्न नगरपालिकाका १० नगर प्रमुख र १२ उप प्रमुखको सहभागिता रहेको थिमि नगरपालिकाले जानएको छ । कार्यक्रममा उपस्थित सबैले नेपाली समाजको बिकासका शंखधर साख्वाको बिशेष योगदान रहेको स्मरण गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रमको अबसर पारेर शंखाधर सामुदायिक भवनको समेत शिलान्यास गरिएको थियो । कार्यक्रममा मध्यपुर थिमिको प्रशिद्ध महाकाली नाच र मयुर नाच समेत प्रर्दशन गरिएको थियो ।
साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी  थिए  जसले बिसं ९३६मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित