नेपाल विद्यार्थी संघभित्र लफडा ,पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा

nsun

 काठमाडौं। नेपाल विद्यार्थी संघभित्र लफडा बढ्ने संकेत देखिएको छ । पदाधिकारीको चाहना विपरीत नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थप दुई महिना थपेपछि पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।

 आइतबार राति काँग्रेस केन्द्रिय समिति बैठकले बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको थियो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।

 आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो। 

 तर, बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर अनौपचारिक बैठकमा बसेका थिए। तर, नेताहरु कुनै एक विकल्पमा सहमत हुन नसक्दा सभापति शेरबहादुर देउवाले बहुमतबाटै २ महिना थप गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित