‘वर्तमान सरकारका कुरा मात्रै ठूला’

prakash man singh

   प्यूठान । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाएका छन् । मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा संविधानको संस्थागत गर्नतर्पm सरकारको ध्यान नपुगेको भन्दै नेता सिंहले भने–‘दुई तिहाइ प्राप्त सरकारको कार्यशैली हेर्दा संघीयतालई संस्थागत गर्ने पक्ष देखिदैन ।’

उनले संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

‘विकास बजेट ८ प्रतिशत पनि खर्च गर्न नसकेको सरकारले समृद्धिको नारा मात्रै दिने गरेको भन्दै उनले भने–‘वर्तमान सरकारले कुरा मात्र ठूला गर्ने हो काम भने केही हुन सकेका छैनन् ।’

सरकार आफै यातायातको सिण्डिकेट, सुनकाण्ड जस्ता घटनाको संरक्षणमा लागेको आरोप लगाउँदै उनले सबै विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर सरकारले जनवादी केन्द्रियताको चरित्र देखाए पनि नतिजा दिन नसकेको उनको भनाई छ ।

कार्यक्रममा उनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको पनि स्वीकार गरे ।

 

प्रतिक्रिया

सम्बन्धित