महतका कारण ब्यापारीहरुले कांग्रेसलाई पत्याएनन्

mahatn

 काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई सहमहामन्त्री डा.प्रकाश शरण महतका कारण पहिलो पटक व्यापारीहरूको संस्था उद्योग वाणिज्य महासंघले अपमान गरेको छ । कांग्रेसको आर्थिक प्रस्ताव मस्यौदा समितिका संयोजक समेत रहेका डा.महतलाई व्यापारीहरूले पत्याएनन् ।

 केही दिन अघि व्यापारीहरूले कांग्रेसको पार्टी कार्यालय सानेपामा आएर बैठकमा सहभागी हुन नसक्ने बताएपछि डा.महत आफै महासंघको कार्यालय टेकु पुगेका थिए ।
आर्थिक प्रस्ताव मस्यौदा समितिको संयोजक पूर्वअर्थमन्त्रीद्वय डा.रामशरण महत वा महेश आचार्यमध्ये एकजनालाई दिएको भए व्यापारीहरू कांग्रेसकै कार्यालयमा आएर सुझाव दिने थिए ।

 सहमहामन्त्री डा.महतको राजनीतिक उचाईलाई बेवास्ता गर्दै व्यापारीहरूले कांग्रेसको कार्यालयमा आउन अस्वीकार गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गुटको मात्रै ध्यान दिँदा कांग्रेसले व्यापारीहरूबाट ठूलो अपमान सहनु परेको छ ।

 पूर्वअर्थमन्त्री डा.रामशरण महतले व्यापारीहरूलाई बोलाएका हुन्थे भने उनीहरू आउने थिए । कांग्रेसका एकजना नेताले भने–‘डा.प्रकाश शरण महतलाई आर्थिक मस्यौदा समिति र सहमहामन्त्री पद हैसियतभन्दा धेरै ठूलो भयो । उहाँलाई कसैले पनि टेर्दैनन् ।’
कांग्रेसले आर्थिक नीति कस्तो लिने भनेर व्यापारी र सरोकारवालाहरूसँग सुझाव लिइरहेको छ । आर्थिक नीतिको प्रस्तावलाई कांग्रेसको महासमिति बैठकबाट पारित गर्ने तयारी छ । आर्थिक नीतिको प्रस्ताव बनाउने जिम्मेवारी सहमहामन्त्री डा.प्रकाश शरण महतले पाएका छन् । तर, उनको कार्यशैली र राजनीतिक उचाई कमजोर भएका कारण समितिले काम गर्न सकेको छैन । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित