रिमालको कार्यशैलीले पूर्वएमालेका यि नेताहरू प्रचण्डको समूहमा

bishnurimal

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पूर्वएमाले पृष्ठभूमि भएका धेरै नेताहरू पलायन हुने अवस्थामा पुगेका छन् । ओलीको पेलान र सीमित नेताहरूको कुरा सुन्ने प्रवृत्तिका कारण पूर्वएमालेका नेताहरू हैरान परेका हुन् ।

 ओलीका निकट मानिने प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका कारण पूर्वएमालेका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहतिर नजिक हुन थालेका छन् ।
स्रोतका अनुसार ओलीकै गुटमा रहेका नेताहरूले भित्रभित्रै खुमलटार पुगेर प्रचण्डलाई साथ दिने आश्वासन दिन थालेका छन् ।

 ओलीकै गुटका नेताहरू समेत आफूलाई भेट्न आउन थालेपछि प्रचण्ड भित्रभित्रै खुसी भएको उनी निकट स्रोतको भनाई छ । प्रचण्ड अहिले ओलीलाई चिढ्याउने पक्षमा छैनन् । प्रचण्डका पछिल्ला अभिव्यक्तिहरू ओलीका पक्षमा छन् । ओलीको पक्षमा प्रचण्ड किन खुलेर बोलेका छन् भन्ने कुराको सुइको बालुवाटारलाई छ ।

 कुनै बेला आफ्नै गुटमा रहेका वामदेव गौतम, ईश्वर पोखरेल जस्ता हस्तीलाई ओलीले गुमाइ सकेका छन् । विष्णु पौडेल ओलीको पक्षमा रहे जस्तो देखिए पनि खासमा उनी प्रचण्डको गुटभित्र प्रवेश गर्ने तरखरमा छन् । ओलीलाई फकाएर नेकपाको महासचिव पद पाएका पौडेल स्थिर नेता होइनन् ।

 पूर्वएमालेका एक नेताले भने–‘विष्णु पौडेल व्यक्तिवादी चरित्र भएका नेता हुन् । पौडेलले ओलीलाई साथ दिन्छन् जस्तो मलाई लाग्दैन । प्रचण्डसँग उनको सबै कुरा मिल्छ ।’
माधवकुमार नेपाल र झलनाथ खनाल नेकपामा कमजोर छन् । खनालभन्दा नेपाल नै बलियो छन् ।

 ओलीलाई नेपालको कहिल्यै साथ रहनेछैन । प्रचण्डसँग पनि मिलेर जाने अवस्थामा नेपाल छैनन् । नेकपाको बैठक बोलाएर पार्टी समायोजनको काम नगरेको भन्दै घनश्याम भुसाल, योगेश भट्टराई, देवेन्द्र पौडेलसहितका नेताहरूले ओलीलाई दवाव दिन हस्ताक्षर अभियान नै चलाउने योजनामा पुगेका छन् । युवा नेताहरूको भित्री गतिविधि चालपाएपछि ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् । यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित