मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा शृंखला खतिवडा

shrinkhala

 काठमाडौं । मिस वर्ल्ड–२०१८ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा सेमिफाइनलमा पुगेकी हुन् । चीनको सान्या सहरमा जारी प्रतियोगितामा टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन्। फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको बताएकी हुन् ।

 नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै उनले सबैलाई धन्यवाद दिएकी छन् । पेसाले इन्जिनियर उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस उनलाई मिस वल्र्डको बलियो दाबेदारको रुपमा हेर्न थालिएको छ ।

 उनले अहिले त्यहाँ उपस्थितहरुका बीचमा नेपाली भाषा बोल्ने, गीत गाउने जस्ता कार्य गर्दै आफुहरु तर्फ मान्छेहरुलाई आकर्षित गरिरहेकी छिन् । उनलाई अन्य देशका नागरिकहरुले पनि रुचाएको र सपोर्ट गरिरहेको फेसबुक मार्फत जानकारी दिएकी छन् । उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन् । वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित