फित्ता समातेर सांसद र प्रमुख जिल्ला अधिकारीद्धारा कोरिडोरको शुरुवात

Corridor

भक्तपुर। हनुमन्ते नदीको कोरिडोर निर्माण कार्यको शुरुवात भएको छ  । कोरिडोरको प्रथम खण्ड अन्र्तगत जिल्लाको मध्यपुर थिमी नगरपालिका राधेराधे स्थित हनुमन्ते नदीको पुलबाट कोरिडोरको कामको शुरुवात भएसँगै कोरिडोर निर्माणको काम अघि बढेको हो । २०-२० मिटर दायाँ बाँया र नदीको भाग २० मिटर गरी जम्मा ६० मिटरको रहने उक्त करिडोर निर्माणको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले संयुक्त रुपमा गरेका हुन् ।

Corridor 1भक्तपुरको दु्रत बिकासकालागि आक्रमक रुपमा लागेका सांसद बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले सिमाङ्कनका लागि प्रयाग गरिने फित्ताको दायाँ र वाँयाबाट समाई नगरपालिका प्रमुख तथा उपप्रमुखले सिमाङ्कनमा किला ठोकी कोरिडोर  निर्माणको उद्घाटन गरेका थिए । सरोकारवाला व्यक्ति एंव स्थानियहरुको उपस्थितिमा भएको छलफलबाट निष्कर्षमा पुग्र्दै आज उक्त करिडोर निर्माण कार्य शुभारम्भ गरिएको हो । सांसद बस्नेतको नेतृत्वमा भएको  उक्त कार्यमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी , सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक बिरदल गणका प्रमुख सेनानी शिवप्रसाद पौडेल, डिएपी मिलन केसी, जनप्रतिनिधि, राजनैतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित