प्रधानमन्त्रीद्धारा आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत काम

KP

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत काम गराएका छन् । प्रधानमन्त्री ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएसँगै रहस्य बाहिर आएको हो ।

साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो ।तर, कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम थपको अनुमति (सम्बन्धन) दिन पत्र पठाएको अहिले खुलेको छ । पत्रमा ‘विश्वविद्यालयहरूको स्वायत्तता कायम राख्दै यसभन्दा अगाडि विश्वविद्यालयहरूले गर्दै आएको विषय र कार्यक्रम थपसम्बन्धी प्रक्रिया यथावत् राख्न प्रधानमन्त्रीज्यूको निर्देशन भएकाले सोहीअनुसार गराउनुहुन अनुरोध छ,’ उल्लेख छ । त्यसैअनुसार त्रिविले १ सय १६ कलेजलाई विषय थप्न अनुमति दिएको छ ।

बीसीए र बीबीएम विषयमा सम्बन्धन पाउने अधिकांश राजधानीका महँगा र नाम चलेका ठूला कलेज छन् । तीमध्ये ९६ वटाले सम्बन्धनपत्र लिइसकेका छन् । अधिकांश कलेजहरु नेकपाका नेताहरुको रहेको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित