न्याय र अस्तित्वका लागि भन्दै एमाले प्रवेस गरेका सिलवाललाई गुनवहादुरले दिए यस्तो चेतावनी

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई युगपुरुष भन्दै शुक्रबार एमाले प्रवेश गरेका नवराज सिलवाल कानुनतः बहालवाला डिआइजी नै हुन् । राजीनामा स्वीकृत नभएसम्म कुनै पनि प्रहरी कर्मचारी पदमै रहेको मानिने नियमावलीको प्रावधान छ । सिलवालको राजीनामा गृह मन्त्रालयले स्वीकृत गर्नुपर्छ, तर राजीनामापत्र हालसम्म प्रहरी मुख्यालयमै छ । प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले सिलवालको राजीनामा नभएको र स्वीकृत प्रशासनिक प्रक्रियामै रहेको वताए । सर्वोच्च अदालतबाट आफ्नो विपक्षमा फैसला आएलगत्तै उनले राजीनामा दिएका थिए ।

 कार्य सम्पादन मुल्यांकनको फाइल किर्ते गरेको अभियोगमा सिलवालमाथि प्रहरी प्रधान कार्यालयले छानबीन गरिरहेको छ ।

 प्रहरी नियमावाली अनुसार संगठनमा कार्यरत रहेको अवस्थामा कुनै पनि राजनीतिक दलमा सक्रिय भएर लागे त्यस्ता प्रहरीलाई कारवाही हुने प्राबधान छ ।

  सिलवाललाई ‘भगौडा’ र सरकारी कागजात किर्तेको अभियोगमा संगठनले कारबाही गर्ने भएपछि जोगिनका लागि उनी एमाले अध्यक्ष केपी ओलीको शरणमा पुगेको हेडक्वाटरमा चर्चा छ । यता न्याय र अस्तित्व जोगाउन एमाले प्रवेश गरेको बताउने सिलवाल र एमाले अध्यक्ष केपी ओलीप्रति गुनवहादुर थापाले कडा आपत्ति र चेतावनी दिएका छन्  ।

  बर्दीको आडमा आफुलाई ८ बर्षसम्म आर्थिक र मानसिक तनाब दिने व्यक्तिले न्याय र अस्तित्वको कुरा गर्नु भनेको सबैलाई भ्रममा पार्नु सिवाय केही नभएको उल्लेख गर्दै थापाले भने - मेरो करोडौको सम्पत्ति हडपेर राजनीति गर्न खोज्ने सिलवाल जस्ता प्रहरी बिरुद्द मेरो लडाइ सकिएको छैन । मेरो आँशुले उनलाई धेरै पोल्न बाँकी छ ।'

  सिलवालले ५ सय २५ प्रतिशत ब्याज लिएर आफूलाई ठगी गरेको तथा पटक पटक यही कारण जेलमा हालेको थापाको दावी छ ।  यस्ता व्यक्तिलाई एमाले अध्यक्ष केपी ओलीले रातो कार्पेट बिच्छाएर पार्टी प्रवेस गराइ गृहमन्त्री समेत बनाउछु भन्नु आफु जस्ता पीडितहरुमाथि थप पिडा दिनु बाहेक केही नभएको थापाले उल्लेख गरे ।  कहिले लागूऔषध , कहिले चेक वाउन्स त कहिले चेलिवेटी वेचविखन गरेको भन्दै वर्दीको दुरुपयोग गरी सिलवालले थुनामा राखेको भन्दै थापाले पटक पटक पत्रकार सम्मेलन गर्दै आएका थिए ।

  सिलवालले राजीनामा दिएसँगै थापाले भनेका थिए - ‘ मेरो कोही नभए नि भगवान छ भन्ने सोचिराखेको थिएँ । नभन्दै मेरो आँशुले सिलवालाई आइजीपी हुन दिएन । अझ मलाई दु:ख दिएर घर न घाटको बनाएकोमा उनको पनि उस्तै हालत भएको छ ।’ सिलवालले झूटो मुद्दा लगाएर थापालाई फसाउन खोजे पनि थापा भने निर्दोश साबित भैसकेका छन् । अब एमालेले सिलवाललाई चोख्याए पनि जनताको नजरमा सिलवाल गिरिसकेको र  आफु न्यायको लागि अझै लडिरहने थापाले वताए ।

 

प्रतिक्रिया

सम्बन्धित