अबैध बिट्क्वाईनको कारोबार गर्ने गिरोह सिअाईबीको फन्दामा

काठमाडौं । अबैध रुपमा डिटिजल मनी बिट्क्वाईनको कारोबार गर्ने गिरोह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअाईबी)को फन्दामा परेको छ  । यो गिरोहको सन्जाल ठुलो रहेको सिअाईबीले जनाएको छ ।

उनीहरु माथि राष्ट्र र्बैंक ऐन २०५८ बमोजिम अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढेको सिअाईबीले जनाएको छ । उनीहरुलाई बिट्क्वाईनको कारोबार गर्नका निम्ति प्रयोग गरिएका मोबाइल तथा ल्यापटप लगायतका उपकरणहरु सहित चितवन र काठमाडौबाट पक्राउ गरिएको हो ।

 पक्राउ पर्नेहरुमा सिन्धुली कल्पवृक्ष ४, घर भई हाल काठमाडौ बानेश्वर ३४ बस्ने वर्ष ३८ को ज्ञानप्रसाद पौडेल, अर्घाखाँची, खन ७, घर भई हाल काठमाडौ ३४ बस्ने वर्ष ३४ को माधव खनाल, काठमाण्डौं ४ भाटभटेनी बस्ने वर्ष २५ को प्रशान्त प्रताप शाह, नुवाकोट, वेलकोट ५, टीगाउँ घर भई हाल काठमाडौ कलकी बस्ने वर्ष २४ की बिन्दा ढकाल, सिन्धुपाल्चोक, हेलम्बु ७ घर भएका वर्ष ४४ को मिङमार तामाङ , काठमाडौ ९ घर भई हाल ललितपुर हरिसिद्दी बस्ने दमन बस्नेत र रुपन्देही घर भएका मनिष कुमार गिरी रहेका छन् ।

  उनीहरुमाथि सिअाईबीले  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को बर्खिलाप हुनेगरी नेपाल राष्ट्र बैंकको आदेश र निर्देशन विपरीत नेपाल राष्ट्र बैंक समेतले बिट्क्वाईन कारोबारलाई पूर्णरुपमा गैरकानुनी घोषणा गरिसकेको बिट्क्वाईन र गभिटी क्वाईन लगायतका क्रिप्टोकरेन्सी वित्तीय उपकरण जारी गरी सोको अबैध किनबेच गरी विदेशी विनिमय समेत कारोबार गरेको अभियोग लगाएको छ ।  राष्ट्र बैंकले बिट्क्वाईनलाई अबैध घोषणा गरेपछि प्रहरीले त्यसमा संलग्न गिरोहको खोजी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित