बालक हत्यामा संलग्न एेसके पक्राउ, रिस फेर्न हत्या गरेको स्वीकार

balak

  काठमाडौं । गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । उनी दुई दिनअघि देखि बेपत्ता भएका थिए ।

बालकको शव म्हेपीमा झोलामा पोको पारेको अवस्थामा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र एेसकेलाई पक्राउ गरेको छ । एेसके बालक कुँवरका बाबु प्रविण कुँवरको गोंगवुमा रहेका गेष्ट हाउसमा काम गर्दै आएका थिए । राम्ररी काम गर्न नसकेपछि प्रविणले एेसकेलाई कामबाट हटाउने चेतावनी दिएका थिए ।

त्यसपछि एेसकेले रिस फेर्न प्रविणका ८ वर्षिय छोरा प्रयासको अपरहण गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । एेसकेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा अपहरण गरेकै राती वालकको हत्या गरेको उनले स्वीकारेका छन् । एसएसपी सिंहका अनुसार सार्कीले हत्या गरेको स्वीकारेका छन् भने वालकको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित