भक्तपुरमा बलात्कारका घट्नामा बृद्धि

DSP Rewati

भक्तपुर  ।
पछिल्लो समय जबरजस्ती करणी र महिला हिंसाको घटनामा बृद्धि भएसँगै त्यसको न्युनिकरणका लागि प्रहरी मात्रै नभई आमनागरिकले पनि सहयोग गर्नु पर्ने आबश्यकता औल्याईएको छ । भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममालाई सम्बोधन गर्दै महानगरीय प्रहरी परिषर भक्तपुरमा प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भक्तपुरमा बलात्कारका घट्नामा बृद्धि भएको र त्यस्ता घट्ना न्युनिकरणमा प्रहरीले बिशेष पहल गर्ने बताए । उनले भक्तपुरमा प्रत्येक महिना दुईवटा बलात्कारको घट्ना भएको र बिशेषत वैदेशिक रोजगारीमा गएका श्रीमानका  श्रीमती र श्रीमतीका श्रीमान् पिडित हुँदा घरपरिवार नै बिखण्डन देखि हत्या समेतका घट्ना घटेको बताए । कार्यक्रममा पोखरेलले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान गर्नु पर्ने एंव त्यस्ता घट्ना रोक्न प्रहरी र आमनागरिक सहकार्य गर्नु पर्ने बताएका थिए ।

इन्सेक भक्तपुरका अनुसार भक्तपुरमा ११ महिनाको अवधिमा बलात्कारका घटनामा २६ जना पीडित , बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा ३ जना र बाल यौन दुरुपयोगमा एक बालिका पीडित भएको छन् भने जिल्लामा ६ जनाको हत्या भएको, राज्यतर्फबाट २ जनाको हत्या भएको, बहुबिबाहको घट्नामा ९ जना, अपहरण घटनामा १ जना बालक पीडित  रहेको तथ्य सार्बजनिक भएको छ ।  

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घट्ना घटेको तथ्य बाहिर अएको बताउदै गलत संगतले पनि उमेर नपुगेका किशोरकिशोरीहरु दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको बताइन । त्यस्तै सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको बताउँदै नगरपालिकाको न्यायिक समितिमा रहेर काम गर्दा लैङ्गिक हिंसा बढेको  र गत फागुनदेखि नगरपालिकामा ६० वटा मुद्धा आएकोमा २५ वटा मुद्धा मिलाएर पठाएको बाँकी नमिलेको मुद्धा अदालत पठाईएको बताईन् ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले महिला हिंसाका घट्ना बढ्नु दुर्भाग्य भएको औल्याउदै यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित