दाङमा हार्डवेयर व्यवसायीको हत्या

hatya

  घोराही । दाङमा एक व्यवसायीको हत्या भएको छ। घोराही उपमहानगरपालिका १३ को सेवा खोला पुन नजीक विहिबार राति एक व्यवसायीको हत्या भएको हो। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार विहिबार बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको र उनीमाथि अनुसन्धान भैरहेको प्रमुख पाण्डेले बताए। हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो।

 

प्रतिक्रिया

सम्बन्धित