जर्नेलले पदको दुरुपयोग गर्दा १३ वर्षदेखि सडकको स्तरोन्नतीमा अवरोध

jarnel

  भक्तपुर । नेपाली सेनाका एक जर्नेलले आफ्नो पदको दुरुपयोग गरी सडक निर्माण अवरोध पुर्याउँदा विगत १३ वर्षदेखि सडक स्तरोन्नतीको काम रोकिएको छ । नगरपालिकाले १३ वर्ष अघि नै सुर्यविनायक–७ गुण्डुमा ट्याक खोलेपछि नेपाली सेनाका जर्नेल ध्रुव खत्रीले भने आफ्नो पदको दुरुपयोग गरी अझैसम्म पनि घरको पर्खाल भत्काउन नदिएर सडक निर्माण कार्यमा नै अवरोध पुर्याइरहेका छन् । उक्त सडक खण्डको अन्यत्रको सडक फराकिलो बनिसक्दा पनि खत्रीको घर अगाडी भने सडक बढ्न सकेको छैन ।

जर्नेल खत्रीले ८ फिटको बाटोलाई २० फिटको बनाउने नगरपालिकाको निर्णयलाई चुनौती दिंदै आएका छन् । उनले आफ्नो घरको पर्खाल काट्न नदिएपछि नगरपालिकाले खत्रीको घर अघि रहेको श्याम शौजुको घरतर्फ मात्रै सडक बढाउने तयारी गरेपछि स्थानीयले भने त्यसकाे विराेध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित