काबुल आक्रमणका ११ नेपाली घाइते भएको पुष्टि

kabul

   काठमाडौं । अफगानिस्तानको काबुल आक्रमणमा परी घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । मृतक १० मध्ये ४ विदेशी रहेको बताइए पनि नेपालीको भने ज्यान गएको छैन । घाइते मात्रै भएका छन् ।घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।

घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ । अफगानिस्तानमा नेपालीहरु निसानामा परेको यो पहिलो घटना भने होइन । यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित