पोखराको बुढिबजारमा एनआईसीको २६८ औं शाखा

nic pokhara

    कास्की । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका–२६ स्थित बुढिबजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । शाखाको एनआई सी एशिया बंैकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले विहिबार उद्घाटन गरेका छन् । नयाँ शाखा विस्तार भएसँगै अब बुढिबजारका स्थानीयहरुलाई बैंक धाउनुपर्ने समस्या समाधान भएको छ ।

मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक एनआईसीको वासलातको आकार २१२ अर्ब भन्दा बढि पुगेको छ । कुलनिक्षेप करिब १६९ अर्ब तथा कर्जा १४४ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ एनआईसी एशिया बैंक । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५०हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित