बस दुर्घटनामा परी घाइते भएका नवीनको उपचारका लागि सहयोग रकम जुट्दै

Nabin
डोटी । डाक्टर केआइसिंह राजमार्ग सडक खण्डको रडुवा भन्ने ठाउँमा स्कूल बस दुर्घटनामा परी घाइते भएका नवीन विकको उपचारका लागि सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले आर्थिक सहयोग गरेका छन् । गत बिहिबार उक्त सडकको डडेल्धुरा दीपायल जोड्ने राजमार्गको रडुवा भन्ने ठाउँमा दुर्घटनामा परि नवीन विक घाइते भएका थिए ।

घाइते नवीनको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको भन्ने समाचार प्रकाशन/प्रशारण भएपछि  पृतनापति तथा उपरथी कडायतले उपचारका लागि रु दश हजार आर्थिक सहयोग गरेका हुन् ।
नवीनको उपचारका लागि नवीन बचाऔँ अभियानमा सहयोग रकम जुटाउने उद्देश्यले डोटेली समाज काठमाडौँले नवीन बचाऔँ अभियान सञ्चालन गरेको छ । हालसम्म नवीन बचाउ अभियानमा दुई दिनमा रु ५६ हजार २१५ सङ्कलन भएको डोटेली समाज काठमाडौँका सहकोषाध्यक्ष टेक बमले बताए । यही मङ्सिर ६ गते डडेल्धुरा दीपायल जोड्ने डाक्टर केआइसिंह राजमार्गको रडुवा भन्ने ठाउँमा बस दुर्घटनामा परी गम्भीर घाइते भई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना भएका नवीनको उपचारको लागि डोटेली समाज काठमाडौँले विशेष अभियान सञ्चालन गरेको थियो । डडेल्धुरा बस दुर्घटनामा परी घाइते भएका बालक नवीन विक अभिभावकविहीन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित