अाईजीपीलाई सिलवालको चुनौती, राजिनामा स्वीकृत नहुँदै एमालेमा प्रवेश!

काठमाडौं। राजिनामा स्वीकृत नहुँदै नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । स्रोतका अनुसार शुक्रबार नयाँ वानेश्वरको क्वालिटी ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा सिलवाल एमालेमा प्रवेश गर्दैछन् । सिलवालले आज एमाले अध्यक्ष केपी ओलीसँग टीका ग्रहण गरेको तस्विर आफु निकटका मिडियामार्फत सार्वजनिक गरेका थिए ।

 प्रहरी सेवामा ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी रहदाँ भदौको अन्तिममा उनले राजीनामा दिए पनि  अहिलेसम्म स्वीकृत भएको छैन । वरियताक्रम अनुसार आफूलाई आइजिपी हुनबाट बन्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिएका थिए । आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले रिट नै खारेज गरेपछि उनले राजिनामा दिएका थिए ।

 सिलवालमाथि अति गोप्य रहने कार्य सम्पादन मुल्याङ्कनको फाइल नै केरमेट गरी कीर्ते गरेको अभियोग लागेको थियो । जुन मुद्दा अहिलेसम्म टुंगिएको छैन । प्रहरी संगठनको नियम अनुसार संगठनमा कार्यरत रहेको अवस्थामा प्रहरी कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन मिल्दैन  । सिलवाल पछिल्लो समयमा एमालेका कार्यक्रमहरुमा कालो चस्मा र टोपी लगाएर सार्वजनिक हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित