निर्णायक आन्दोलनको तयारीमा राप्रपा

kamal thapa

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले निर्णायक आन्दोलनको तयारीमा जुट्न आफ्ना कार्यकर्ताहलाई निर्देशन दिएका छन् । आफ्नो बसोबास क्षेत्र काठमाडौं–५ को क्षेत्रीय समिति, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरुको बैठकमा अध्यक्ष थापाले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेर विगतका गल्ती, त्रुटि र कमजोरीलाई सच्याउँदै पार्टी र नेतृत्व बारेमा फैलाइएको भ्रमलाई चिरेर युद्धस्तरमा संगठन विस्तार तर्फ ध्यान दिन आग्रह गरे । छलफलमा उनले सस्तो प्रचारबाजीमा लागेर सरकारले जनविश्वास गुमाएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित