पातञ्जल योग समिति भक्तपुरद्धारा योग प्रशिक्षकहरुलाई पुर्नताजगी तालिम प्रदान

 Patanjal Tajaki
भक्तपुर । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले दैनिक गराउने योग प्रशिक्षण प्याकेजमा केन्द्रित बनी जिल्ला भित्रका योग प्रशिक्षकहरुलाई सो प्याकेजमा पूर्नताजगी तालिम गराएको छ ।  पातञ्जल योग समिति नेपाल का केन्द्रिय सदस्य एवं जिल्ला शाखा भक्तपुरका अध्यक्ष योग प्रसाद आचार्यको प्रमुख प्रशिक्षणमा भएको ५ दिने पुर्नताजगी तालिमको शिविर समापन कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले दक्ष योग प्रशिक्षक बनाउनको लागि प्रशिक्षकहरुलाई बेला बेलामा दिईने यस्ता पूर्नताजगी तालिमले योग जागरणमा थप टेवा पुग्ने बताए ।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नवराज काफ्लेले नेपाल सरकार मातहत सिटिईभिटि सँगको सम्बन्धन बाट योग प्रशिक्षणका कार्यक्रहरु केहि महिना पछि थालनी गरिने गरि पातञ्जल योग समिति नेपालबाट प्रेषित गरिएको फाईल स्वीकृत भै सिटिईभिटिले प्रकृया अगाडि बढाएको र सोको लागि पातञ्जल योग समितिले सिटिईभिटि बाट माग गरिएबमोजिमको संस्थागत प्रतिनिधि सहित योग क्षेत्रका केहि विज्ञ व्यक्तित्वहरुको नाम प्रस्तावित पनि गरिसकेको जानकारी गराए । कार्यक्रमकै विच महासचिव काफ्लेले सो प्रस्तावित नाम मध्यबाट तत्काल बन्ने प्राविधक समितिले पाठ्क्रम निर्माण गर्ने लगायतका कार्यक्रहरु सुचारु गरिन लागेको बताउँदै यसबाट योगमय नेपाल बनाउन यो अभियान कोशेढुङ्गा सावित हुने र देशभरका आदरणीय योग प्रेमीमहानुभावहरुलाई पातञ्जल योग समिति नेपालको यो महान अभियानमा सरिक हुन आग्रह समेत गरेका थिए । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरका उपाध्यक्ष रज्जु सापकोटाले तालिममा सहभागी सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिनु हुँदै तालिम बाट प्राप्त ज्ञान,सिपलाइ व्यवहारमा उतार्न आग्रह गर्दै घोषित योग जिल्ला भक्तपुरलाई योगमय बनाउने मह्त्वपुर्ण दायित्व तपाई हाम्रो काँधमा रहेकोले यो ऐतिहासिक जिम्मेवारीलाई पातञ्जल योग समितिले आवाश्यक योजना बनाई अगाडि बढ्नु पर्ने बताईन् ।

प्रतिक्रिया

सम्बन्धित