देश बदल्न कुराभन्दा काम जरुरी छ : मन्त्री बाँस्कोटा

gokul_baskota_zadlf18gOb.jpg.1000x606_q70_crop-0_1
काभ्रे । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देश बदल्न कुराभन्दा पनि कामको आवश्यक पर्ने बताएका छन् । काभ्रेको नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दे मन्त्री बाँस्कोटाले पाँच वर्ष भित्रमा सरकारले भनेका कामहरु सबै सम्पुर्ण हुने र सरकार संचालनको यो अबघिमा पनि धेरै काम गरेको भन्दै सरकारको आलोचना भन्दा सरकारले गरेका राम्रा कामको प्रशंशा गर्नुपर्ने बताए ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको र ९२ प्रतिशत हिंसाहरु आफन्तबाट भएको तथ्यांक रहेको र सबै ठाउँमा सरकार र प्रहरी पुग्न नसक्ने बताए । कार्यक्रममा उनले बिरालो रिसाएको छ, खाँबो चिथोर्छ’ भन्ने उखान जोड्दै केही टाँस्न नपाएर पोष्टर टाँसिएको भन्दै सरकारको लक्ष्य वनजंगल र नागरिकको रक्षा गर्नु भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित