चीनको ईशारामा नेपालमा वाम एकता ?

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी गठबन्धन  हुँदै पार्टी एकिकरण गर्ने सम्मको निर्णय भएपछि राजनीतिक क्षेत्रमा ठुलो हलचल मच्चिएको छ । कतिपयले यसलाई सकारात्मक रुपमा लिंदै देशको दिगो बिकासमा राम्रो हुने वताएका छन् भने कतिपय नेताहरुले अस्वभाविक रहेको टिप्पणी गरेका छन् । बिहीवार एक साक्षात्कारमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष बृषेचन्द्र लालले चीनको ईशारामा नेपालमा वाम एकताको सुरु भएको आरोप लगाए ।

 उनको तर्क थियो ,‘कशैको ईशारामा नभएको भए यो कसरी रातारात वाम तालमेल र पार्टी एकताको प्रयास भयो त ? सोच्नुपर्ने कुरा त यहाँनिर छ, म दाबाका साथ भन्छु यो चीनको ईशारामा वामपन्थीहरुवीचको एकता प्रयास भएको हो, यसमा प्रत्यक्ष रुपमा चीनले भूमिका खेलेको छ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डलाई राजनैतिक नैतिकता नभएको नेताको संज्ञा समेत दिए । कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका महासचिव एवम् प्रमु्ख सचेतक योगेन्द्र चौधरीले माओवादी केन्द्रले एमालेसँग एकताको पहल थालेर गम्भिर भुल गरेको बताए ।

  उनले भने,‘यदि प्रचण्डले आज आएर एमालेको नेतृत्वमा जानुपर्ने नै थियो भने दशवर्षे जनयूद्ध किन लडे? अनाहक १७ हजार मानिसको किन ज्यान लिए? के साँच्चै उनीहरुको रगतले प्रचण्डलाई भलो हुने देला?’ चौधरीले अघि थपे,‘आगो र पानीजस्तै बनेका दलहरु आज आएर रातारात मिल्नु सामान्य कुरा छैन्, यो अपवित्र कार्य हो, यसमा जनताले खुब ध्यान दिनुपर्छ, वाम एकताको बिरुद्धमा लोकतान्त्रिक एकताको खाँचो छ।’संघीय समावादी फोरम नेपालका सचिव पर्शुराम बस्नेतले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित