प्रधानन्यायाधीशमा जोशी कि राणा ?

cholendra and rana

   काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। भावी प्रधानन्यायाधीश सिफारिसका लागि सोमबार बिहान ११ः३० बजे परिषद् बैठक बोलाइएको हो। आजको बैठकले वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ। न्याय परिषद्ले पठाएको रोष्टर अनुसार परिषद्ले जबरा र जोशीमध्ये एकलाई सिफारिस गर्ने बताइएको छ ।

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ गतेदेखि सकिँदैछ। प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सोमबार संवैधानिक परिषद् बस्न लागेको हो।

संवैधानिक परिषद्को सिफारिसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनेछ।
जोशी यसअघि पनि संसदीय सुनुवाबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भइसकेको हँुदा अबको प्रधानन्यायाधीशमा जबरालाई नै सिफारि गरिने पनि बुझिएको छ । स्रोतका अनुसार एकपटक अस्वीकृत भइसकेका कारण जोशी पुनः प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना न्यून छ।

प्रतिक्रिया

सम्बन्धित