शारिरिक अपाङ्गता भएकाहरूका लागि सशक्तिकरण आवश्यक छ : सांसद थापा

sashi

   भक्तपुर । प्रदेशसभा सदस्य शशीजंग थापाले अपाङ्ग भएका व्यक्तिहरुलाई सशक्तिकरण नगरेसम्म उनीहरुको जीवनयापन गर्ने कुरामा तात्वीक ढंगले विकास गर्न नसकिने बताएका छन् । बीपी नेत्र प्रतिष्ठानको छैटौं बार्षिकोत्सब तथा २७ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा बोल्दै सांसद थापाले अपाङ्ग भएका व्यक्तिहरुको आर्थिक, सामाजिक, सांस्कृति र मानसिक सवलीकरणका लागि विशेष काम गर्न सकेको खण्डमा मात्रै यो दिवसले सार्थकता पाउने बताए ।

यो वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले सशक्तिकरण, समावेशीता र समाजवादी कुरालाई उठाएको उल्लेख गर्दै सांसद थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई अझै सबल बनाउनका लागि यो अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए । उनले यस्तो अवसरमा अस्पतालले कार्यक्रम आयोजना गरेकोप्रति आभार पनि प्रकट गरेका थिए ।

नयाँ नारा र नयाँ प्रतिवद्धताका साथ मनाईले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस यो वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमको अयोजना गरी मनाइएको छ । अपाङ्गहरुको हक हितका लागि आफूले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउँदै सांसद थापाले संविधानले पनि शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई उचित स्थान दिनुपर्नेमा जोड दिए ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण, शसक्तिकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवस सन १९९२ बाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । नेपालले पनि सन् १९९८ बाट यो दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित