प्रदेश १ मा दैनिक चार घण्टा टिपर सञ्चालनमा रोक

Tripper

धनकुटा । 
प्रदेश १ का सडकमा दैनिक चार घण्टा टिपर कुदाउन रोक लगाइने भएको छ । आगामी २०७५ पौष १ गते देखि १ नं.प्रदेश अन्तर्गत रहेका मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवागमनलाई केन्द्रित गरी विहान ९:०० बजे देखि ११:०० बजे सम्म र बेलुका १५:०० बजे देखि १७:०० बजे सम्म पिक आवर समयमा ट्रिपर संचालनमा पूर्ण रुपमा रोक लगाउन लागिएको छ ।

टिपरका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले प्रदेश १ का सबै सडकमा दैनिक चार घण्टा टिपर सञ्चालनमा प्रतिबन्ध लगाउने भएको हो । साउन यता प्रदेश १ मा टिपरका कारण १२ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परेर पाँच जनाको मृत्यु र ३५ घाइते भएपछि प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको अनुरोधमा टिपरलाई मुख्य तथा सहायक राजमार्ग र भित्रि सडकखण्डमा बिहान र दिउँसो दुई - दुई घण्टा सञ्चालनमा रोक लगाउने तयारी भएको १ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले बताए । तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको र यो नियम प्रदेश १ का १४ जिल्लामै लागू हुने बताइएको छ  । 

प्रतिक्रिया

सम्बन्धित