रत्ननगर अस्पतालको मेसुमा डा. न्यौपाने नियुक्त

भरतपुर ।  चितवनस्थित रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट (मेसु)मा वरिष्ठ दन्त सर्जन डाक्टर अजय न्यौपाने नियुक्त भएका छन् । स्वाथ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा.न्यौपानलेलाई रत्ननगरको प्रमुखमा नियुक्त गरेको हो ।

 सामाजिक सेवामा उत्तिकै सक्रिय डा.न्यौपानेले रत्नगर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने बताएका छन् । भरतपुर अस्पतालको डेन्टल विभागको  प्रमुख छँदा डा.न्यौपानले देशकै उत्कृष्ट र नमुना डेन्टल विभाग बनाउन  भूमिका खेलेका थिए । डा. न्यौपाने नेपाल दन्त चिकित्सक संघ चितवन शाखाको अध्यक्ष पनि हुन ।

प्रतिक्रिया

सम्बन्धित