कुमारी, माछापुछ्रे र जनता बैंक समस्यामा , कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

banik

 काठमाडौं। निक्षेपमा  ब्याजदार बढाउने क्रममा वाणिज्य बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले बैंकहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

 वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ ।  बिहीबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै राष्ट्र बैैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याजदरमा भइरहेको प्रतिस्पर्धा राम्रो नभएको बताएका थिए  ।

 ब्याजदरमा सिरियस नभए भोलि नै राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्यस्तो वेला आश्चर्य नमान्नुहोला भन्दै उनले चेतावनी दिएका थिए  । नेपाल बैंकर्स एसोसियसनले ब्याजदरमा कायम रहेको सहमति तोडेसँगै बाणिज्य बैंकहरु आक्रोशित रुपमा व्याजदर बढाउन थालेका थिए ।  बैंकहरूले निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्‍याएका छन् । 

 अर्थमन्त्री डा.युवराज खतिवडालेले पनि  ब्याजदरमा कार्टेल गर्ने किसिमका गतिविधि नगर्न बैंकरहरूलाई चेतावनी दिएका थिए ।  लगानीयोग्य तरलता अभावको समस्या छोटो समयका लागि मात्रै भएको भन्दै उनले त्यसबाट हतास नहुन बैंकहरूलाई आग्रह गरेका छन् ।

   ब्याजदर बढ्ने र सेयर बजारको तलामेल नमिलेको भन्दै यसको अध्ययन गर्न अर्थ मन्त्रालयले  समितिसमेत गठन गरेको  छ । अहिले  जनता बैंकले व्यक्तिगत मुद्दतीमा १२ प्रतिशत ब्याजदरको घोषणा गरेको छ भने माछापुछ्रे बैंकलेसाढे १२ प्रतिशत ब्याजदरको घोषणा गरेको छ । कुमारी बैंकले १३ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको छ ।  बढ्दो ब्याजदरले उद्योग व्यवसाय धरासायी बन्ने त होइन भन्ने शंका उब्जिएसँगै यि बैंकहरु कारवाहीमा पर्न सक्ने अवस्था  देखिएको छ । स्रोतका अनुसार यि बैंकहरु निक्षेपमा बचत अभाव हुन थालेर समस्यामा परेपछि ग्राहकहरुलाई तान्न उनीहरुले गलत शैली अपनाएका हुन।  

प्रतिक्रिया

सम्बन्धित