नेपाल आर्थिक पत्रकार संघमा नयाँ कार्य समिती, बुढाथोकीलाई सम्मान

naafij

 काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

 अर्थमन्त्री डा. युवराज खतिवडाले नाफिजको चौथो महासभा उद्घाटन गरेका थिए । नाफिजको चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नाफिजको नवनिर्वाचित उपाध्यक्षहरुमा इन्द्र बानियाँ, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भए । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निवाचित भएका छन् । कार्यसमितिले कोषाध्यक्षमा रोयल आचार्य चयन गरेको छ ।

 कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल छन् ।
Gajendra-Budhathoki-1नाफिजको महासभाको समापन  सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटालेगरेका थिए । नाफिजले राष्ट्रिय पत्रकारिता पुरस्कार विजेता गजेन्द्र बुढाथोकीलाई सम्मान गरेको छ । २०५२ सालदेखि पत्रकारितामा निरन्तर संलग्न रहँदै आएका बुढाथोकी नेपाल सरकारद्वारा राष्ट्रिय पत्रकारिता पुरस्कार(२०७३ ) द्वारा सम्मानित पत्रकार भएका हुन । बुढाथोकीलाई नाफिजले चौथो महासभाको उपलक्षमा सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित