सांसद बस्नेतको पहलमा मध्यपुर नगरपालिका वडा नं ९ बाटोको स्तारउन्नती हुने
भक्तपुर ।
मध्यपुर नगरपालिका वडा नं ९ लोगो गार्मेटबाट खड्का टोल हुँदै कृषि तालिम केन्द्र बोडे जाने बाटोको स्तारउन्नती हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष पहलमा उक्त बाटो रु ५ करोडको लागतमा सडक विभागले ११ मिटर चौडा गरी रिटेनिङ्ग वाल र फुटपात निर्माण गर्ने र खानेपानीको पाइप लाइनको ब्यबस्थापन गर्ने बिषयमा आज सम्बन्धीत निकाय तथा सरोकारवाला स्थानीयवासीसँग छलफल भएसँगै उक्त काम अघि बढ्ने भएको हो । छलफलले उक्त सडक निर्माणका क्रममा सामान्य समस्या आएमा आपसी छलफल गरी अघि बढ्ने र निर्माणको कार्यलाई कसैले रोक्नु नहुने निष्कर्ष निकालेको छ । छलफल कार्यक्रममा सांसद बस्नेतको नेतृत्वमा सडक विभागका डि बेल प्रसाद भुजेल, खानेपानीका डाइरेक्टर रामकृष्ण गिरी, सम्बन्धित वडाका अध्यक्ष र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
भक्तपुरको बिकासका लागि आक्रमक रुपमा अघि बढेका सांसद बस्नेतको बिशेष पहलमा भक्तपुरमा हनुमन्ते करिडोर निर्माण, सडक विस्तार, नयाँ सडक, पुल, सरसफाई, स्मार्ट सिटी, रंगशाला, सभागृह, आधुनिक वीर अस्पताल, सुरुङ मार्ग जस्ता महत्वपर्ण योजनाहरु कार्यन्वयनका क्रममा छन् ।
प्रतिक्रिया