माओवादी मन्त्रीहरूलाई अपदस्थ गर्न देउवालाई चौतर्फी दवाव

काठमाडौं । वामपन्थी गठबन्धन गर्न पुगेका एमाले–माओवादी केन्द्रभित्र संसद विघठन र सरकारबाट माओवादीका मन्त्रीहरूलाई हटाउने चर्चाले तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघगठन गर्ने तयारी गरेको भन्दै मंगलबार समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले एमाले–माओवादी केन्द्रभित्र खैलाबैला उत्पन्न भएको एमालेका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

  वामपन्थी गठबन्धनबाट डराएका प्रधानमन्त्री देउवा र कांग्रेसले संसद विघगठन गर्ने हुन् कि भनेर छलफल चलेको जानकारी ती सदस्यले दिए । ‘देउवाले संसद विगठन गर्छन् कि भनेर हामी पनि सशंकित थियौँ’, एमाले अध्यक्ष केपी ओलीका निकट मानिने ती स्थायी समिति सदस्यले भने, ‘यदि संसद विगठन भयो भने त्यसको प्रतिवाद गर्ने छौँ ।’ माओवादी केन्द्रका मन्त्रीहरूलाई नहटाउन पनि एमाले–माओवादी केन्द्रको गठबन्धनले देउवालाई चेतावनी दिएको छ ।

 यदि मन्त्रीहरूलाई हटाइयो भने देउवाविरुद्ध सडक संघर्ष गर्ने र सडकबाट नयाँ सरकार बनाउने एमाले–माओवादी केन्द्र गठबन्धनको तयारी रहेको ती सदस्यले बताए । राष्ट्रिपति र सभामुख आफूहरूको रहेको भन्दै एमाले–माअ‍ोवादी केन्द्र गठबन्धनले कांग्रेस र देउवासँग कुनै पनि हालतमा नझुक्ने तयारी गरेका छन् । भारतको दवावमा देउवाले माओवादी मन्त्रीहरूलाई सरकारबाट हटाउने तयारी गरेको समेत एमालेको बुझाइ छ । देउवा सरकारविरुद्ध अप्रिय निर्णय लिनेवित्तिकै वामपन्थ गठबन्धनलाई धक्का दिन भारतले दवाव दिन सक्ने भएकाले तत्काल एमाले–माओवादी केन्द्र गठबन्धनले सरकारविरुद्ध कुनै पनि एक्सन नलिने तयारी गरेको ती नेताको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित