पितृको स्मृतिमा मन्दिर निर्माण

 

 

  temple

गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका एक व्यक्तिले दिवङ्गत आफ्ना पितृको स्मृतिमा मन्दिर निर्माण गरेका छन् ।भकिम्लीको राखु निवासी कृष्णबहादुर पुनले आफ्ना दिवङ्गत बाजे सुवेदार चक्रबहादुर पुन र बजै देवीसरा पुनको स्मृतिमा रु दुई लाख ५० हजारको लागतमा कमलजैसी मन्दिरको निर्माण गर्नुभएको हो ।

पश्चिमका देवताका नामले समेत पुकारीने कमलजैसीको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको स्थानीयवासी राजीन रोकाले जानकारी दिनुभयो । 

वर्षौंदेखि खुला स्थानमा कलमजैसी देवताको पूजाआजा हुँदै आएको भकिम्लीको डाँडाखानीमा मन्दिर निर्माण भएपछि सहज भएको स्थानीयवासीले बताएका छन् । मन्दिरको वरिपरि घेराबार गरिनुका साथै पूजाआजाका लागि सहज हुने गरी भौतिक पूर्वाधार निर्माण पनि गरिएको रोकाले बताउनुभयो ।

कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थी म्याग्दीमा

म्याग्दीको मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि नेपालका १८ वटा जिल्लाबाट विद्यार्थी आएका छन् ।
कृषि विषय अध्ययनका लागि विद्यार्थीको आकर्षण बढ्दै गएपछि शिक्षालयमा भौतिक पूर्वाधारको अभाव हुँदै गएको छ । शिक्षालयमा छात्र (केटा) को तुलनामा छात्रा (केटी) को सङ्ख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयले जनाएको छ ।
२०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, गत वर्षदेखि तीन वर्षे आइएससी (एजी) र यस वर्षदेखि भेटेनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका शिक्षालयका संयोजक करन कँडेलले बताउनुभयो । संयोजक कँडेलका अनुसार जेटिए र आइएससी (एजी) विषयमा १२३ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७३ छात्रा र ५० छात्र रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित