लागुऔषध कारोबारीसँग एसएसपी ऐरको कनेक्सन !ठुलो डिल गरी छाडेको आशंका

ललितपुर । लागुऔषधको कारोबार गर्ने एक युवकलाई आर्थिक लेनदेनको आधारमा ललितपुर प्रहरीले छाडेपछि एसएसपी गणेश ऐर विवादमा मुछिएका छन् । ललितपुरको चाकुपाटस्थित मेगा मग क्याफेका सञ्चालक अभिजित शाक्यसहित तीनजनालाई प्रहरीले आर्थिक प्रभावमा परी कारबाही नगरी छाडेको हो ।

महानगरीय प्रहरी प्रभाग पुलचोकले असोज गते शाक्यसहित उनको क्याफेका कामदार योदिन कार्की र लागुऔषध दुव्र्यसनी विराज भण्डारीलाई पक्राउ गरेको थियो ।

प्रभागले मुद्दा चलाउन महानगरीय प्रहरी परिसर ललितपुरमा पठाएकोमा तीनैजना ११ गते नै छुटेका हुन् । सर्च एन्ड सिल अप्रेसनका भण्डारीलाई प्रहरीले पिम्बालपोखरीबाट ४५ ग्राम पोल्यान्ड नामक चरेसजस्तै लागुऔषधसहित पक्राउ गरेको थियो । सोधपुछका क्रममा मेगा मग क्याफेमा किनेको बताएपछि प्रहरीले क्याफेका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको हो ।

शाक्यका साथबाट थप करिब २ सय ग्राम लागुऔषध भेटिएको थियो । पलङभित्र पोका पोका बनाएर बिक्री गर्न राखिएको अवस्थामा थप लागुऔषध भेटिएको थियो । शाक्य विगतमा पनि गाँजासहित पक्राउ परेका व्यक्ति हुन् । उनी प्रहरीको तारेखमै थिए । तारेख सकिएको तेस्रो दिन फेरि उनी पक्राउ परेका हुन् । स्रोतका अनुसार ललितपुर परिसरको मुद्दा शाखामा कार्यरत इन्सपेक्टर हर्क बिकले आर्थिक डिल गरेर उनीहरुलाई छाडेका हुन् । बिक बदनाम प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । उनले नै एसएसपी गणेश ऐरलाई समेत प्रभावमा पारी सेटिङ मिलाएर कारोबारीलाई छाडिदिएको स्रोतको दाबी छ । एसएसपी ऐर सेटिङमा माहिर मानिन्छन ।

प्रतिक्रिया

सम्बन्धित