कांग्रेसभित्रको झगडामा भारतीय राजदूतको हस्तक्षेप

nidhi, manjiv and mahat

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि एक्लिन थालेका छन् । सभापति शेरबहादुर देउवाको विश्वासपात्र निधिका पछिल्ला गतिविधिबाट आफ्नै गुटका नेताहरू रुष्ट छन् । कांग्रेसको भारतसँगको सम्बन्ध बिगार्ने भूमिका खेलेका निधिले देउवा समूहका नेताहरूलाई चिढ्याउने कार्य गरेको आरोप छ ।

निधिले सहमहामन्त्री डा.प्रकाशशरण महतलाई समेत भारतसँगको सम्बन्धलाई लिएर विवाद गरेका छन् । सानेपास्थित पार्टी मुख्यालयमा सभापति शेरबहादुर देउवाको कार्यकक्षमा निधि र डा.महतबीच विवाद भएको थियो । स्थिति यस्तो अवस्था आयो कि निधि र डा.महतबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो ।

स्थिति उत्तेजित बनेपछि उपसभापति विजयकुमार गच्छदारले नियन्त्रण गर्नुपर्ने अवस्था आएको थियो । देउवाको दिर्नेशनमा गच्छदारले सहमहामन्त्री डा.महतलाई कार्यकक्षबाट बाहिर लगेका थिए । उपसभापति निधिले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधामको भ्रमणलाई लिएर आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर विवाद सिर्जन गरेपछि सहमहामन्त्री डा.महतले अपात्ति जनाएका थिए ।

डा.महतले काग्रेसको लाइनभन्दा बाहिर गएर निधिले पत्रकार सम्मेलन गरेर कांग्रेस र भारतबीचको सम्बन्ध विगारेको आरोप लगाएका थिए । निधिको चर्तिकलाबाट रिसाएको भारतीय राजदूतावास लैनचौरले समेत आपत्ति जनाएको थियो । भारतीय राजदूतावासले निधिलाई बोलाएर हप्पाएको थियो । त्यसपछि डराएका निधिले आफ्नो मनसाय योगी आदित्यनाथको विरोध गर्नु नरहेको स्पष्टीकरण दिएका थिए ।
तर, भारतीय दूतावासले निधिको त्यो भनाइप्रति विश्वास गर्न सकेको छैन ।

यतिसम्मकी निधिले आफ्नो लगानी रहेका अनलाइन र आफू निकटका पत्रकारहरूलाई फोन गरेर योगी आदित्यनाथको पक्षमा माहोल बन्ने गरेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए । सभापति देउवालाई बेलाबेला विवादमा तान्ने गरेका निधिले आफूलाई कांग्रेसको भावी सभापतिका रुपमा प्रस्तुत गर्ने गरेका छन् । निधिले देउवालाई समेत टेर्न छाडेको आरोप छ । उपसभापतिमा मनोनीत भएपछि निधिभित्र पलाएको अराजकताबाट नेपाली कांग्रेसलाई बेफाइदा भएको चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित