दशैंमा टीका नलगाउने भनेका प्रचण्डले यसरी दिए सरप्राइज

 काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झण्डै २२ वर्षपछि मामा ससुराको हातबाट  दशैंको टीका जमरा लगाएका छन् । उनले २२ बर्षपछि दशै मनाएका हुन । प्रचण्डकी श्रीमती सिता दाहालले भने छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइदिएकी थिइन् ।

 यसअघि प्रचण्डको सचिवालयले दशैंमा टीका नलगाउने र पारिवारिक भेटघाट गरेर रमाइलो गर्ने कार्यक्रम रहेको बताएको थियो । तर, प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुकमा परिवारका सबै सदस्यहरुले दशैंको टीका लगाएको फोटो सार्वजनिक गरेका छन्  । प्रचण्डले दशैं नमनाएको भनेर हिन्दु धर्मका कट्टर समर्थकहरुले आलोचना गर्दै आएका थिए । तर आज बिजयदशमीको दिन उनली सरप्राइज दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित