भारतमा ३३ किलो सुनसहित इटहरीका दुई दाजुभाई पक्राउ - सुन नेपालबाट हराएको सुन हुनसक्ने आशंका
काठमाडौं ।
भारतको कोलकतामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीले शुक्रबार दुई नेपालीसहित ३३ किलो सुन नियन्त्रणमा लिएको भारतमा भेटिएको ३३ किलो सुन नेपालबाट हराएको सुन भएको हुनसक्ने आशंका गरिएको छ। पक्राउ पर्नेमा हेमप्रसाद शर्मा र राकेशप्रसाद रहेको गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलले भारतमा भेटिएको सुन नेपालबाट हराएको सुन हुनसक्ने बताए। गृहमन्त्रालयले लामो समयदेखि सहसचिव पौडेलकै नेतृत्वमा हराएको सुनाका विषयमा अनुसन्धान गरिरहेको छ । नेपालबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएको थियो । अहिले भारतमा भेटिएको ३३ किलो सुन तस्करी प्रकरणमा छानविन गर्न गठित समितिका संयोजक सहसचिव पौडेलले सुन भेटिएको पुष्टि गरे । सुनसँगै सुनसरीकै व्यक्ति पक्राउ परेको खबर आएकाले नेपालमै खोजिएको सुन हो कि होइन भन्ने विषयमा भेरिफाइ भैरहेको उनले बताए । गोरे अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्।
प्रतिक्रिया