भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

motorcycle ACCIDENT

भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट शनिबार पैदल यात्रुको मृत्यु भएको छ । दुवाकोटको केएमसी चोकमा नारायणटारतर्फ जाँदै गरेको बा ४३ प ६५४० नं को मोटरसाइकलले मोरङ घर भई हाल मध्यपुर राधे राधे बस्ने ४० वर्षीया प्रमिला गौतमलाई ठक्कर दिएको थियो । उनको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममै मृत्यु भएको महानगरीय प्ररही परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उपचारको लागी उनलाई केएमसी अस्पताल दुवाकोट लगेकोमा अस्पतालले न्यूरो अस्पताल बाँसबारी रिफर गरेको थियो ।

मोटरसाइकल र चालक चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने २२ वर्षीय अलिस खर्बुजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित